काठमाडौं । नेपालमा काेराेना भाइरसका ५३५ जना सङ्क्रमित थपिएका छन् । सात हजार २२ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ५३५ जना सङ्क्रमित थपिएका हुन् । एक हजार ४०४ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १२७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ७५८ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १३ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म ११ हजार ३१८ जनाले कोरोनाका कारण ज्यान गुमाइ सकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: ३ कार्तिक २०७८, बुधबार २०:१५