काठमाडौं । नेपालमा काेराेना भाइरसका ५२३ जना सङ्क्रमित थपिएका छन् । सात हजार ६५४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ५२३ जनामा कोरोना सङ्क्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दुईहजार ०४३ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ६८ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.१ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा ९३७ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९ जना सङ्क्रमितको मृत्यु भएको छ ।
प्रकाशित मिति: १ कार्तिक २०७८, सोमबार २१:२३