काठमाडौं । नेपालमा काेराेना भाइरसका ३२६ जना सङ्क्रमित थपिएका छन् । तीन हजार ६७१ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ३२६ जना सङ्क्रमित थपिएका हुन् । एक हजार ९२३ वटा एन्टीजेन परीक्षण गर्दा ३९ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा ६०९ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा चार जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार २६१ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । सक्रिय सङ्क्रमित हुने १४ हजार २६७ जना छन् ।
प्रकाशित मिति: २७ आश्विन २०७८, बुधबार २०:०९