सुर्खेत, कर्णाली प्रदेशमा पहिलो पटक हर्वल स्पा (मसाज सेन्टर) संचालनमा आएको छ । प्रदेश राजधानी सुर्खेतमा शनिवारदेखि ड्रिम्स फिटनेस एण्ड हर्वल स्पा सञ्चालनमा आएको हो । सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले उद्घाटन गरे । सुर्खेतका युवा व्यवसायीहरु उपेन्द्र खड्का, विशाल ढकाल, डम्मर गौतम र मानव बमले दुई करोड बढीको लागतमा सो हर्वल स्पा संचालनमा ल्याएका हुन् । फेसियल हाउस र स्पामा करिव २० जनाले रोजगारी पाएका छन् । पुरै योजना संचालनमा आएमा ५० जनाले रोजगारी पाउने पाउने सञ्चालक विशाल ढकालले जानकारी दिए । स्पामा साउना, स्टिम बाथ, जाकुजीका लगायतका सेवाहरु दिइने छ ।
प्रकाशित मिति: ८ माघ २०७८, शनिबार १३:१२