देउखुरी, १ असोज । ई पुस्तकालय तथा आधुनिक प्राविधिकशालाको स्थापनामा सहयोगार्थ जनता उच्च माध्यमिक विद्यालय गढवालाई ३ लाख बराबरको सामग्रीहरु हस्तातरण गरिएको छ ।
टिडिएच नेदरल्याणको आर्थिक सहयोगमा बाल श्रम न्यूनिकरणका लागि शिक्षामा सहयोग कार्यक्रम अन्तर्गत क्रिटिङ्ग पोसिविलिटिज नेपाल, करुणा फाउण्डेसन नेपालले विद्यार्थीहरुको शैक्षिक स्तर सुधारका लागि सहयोग हस्तान्तरण गरिएको हो ।
इ.पुस्तकालय एवम् प्राविधिक प्रयोगशाला स्थापनाका लागि ७ थान डेस्टप कम्प्युटर, १ थना ल्याप्टप, १ थान प्रोजेक्टर र १ थान प्रिन्टर गरी करीव ३ लाख वरावरको सामाग्री एक कार्यक्रमका बीच हस्तातरण गरिएको छ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गणेश कुमालको अध्यक्षतामा भएको कार्यक्रममा वोल्ने वक्ताले सिपि नेपालले बाल श्रम न्यूनिकरणका लागि जुन शिक्षामा जोड दिदै देउखुरीका ११ वटा विद्यालयमा सय वढी विद्यार्थीलाई अध्ययन गराउनु सराहनिय भएको बताउदै यस लाई निरन्तता दिनुपर्ने वताएका थिए ।
कार्यक्रममा बोल्दै गढवा उद्योग वाणिज्य संघका अध्यक्ष युव राज पोख्रेलले अहिलेको युगसँगै विद्यार्थीहरुलाई कम्प्यूरद्धारा अध्ययन गराउनु समयको माग भएको बताउनु भएको थियो । कार्यक्रममा गुणनिधि शर्मा, मोहन पाण्डे, शुभतार स्कुल गढवाका शिक्षक केशव सिंग ठकुरी, लगायतले बोलको थिए ।
प्रकाशित मिति: १ आश्विन २०७३, शनिबार १४:२३