आफु भित्रको पीडा, जो कुण्ठामा समेत परिणत भएको हुनसक्छ, त्यसलाई खुलेर, निडर भएर अभिव्यक्त गर्ने पर्व
काठमाडौं, १९ भदौ । आजतीज । महिलाहरुले आफु भित्रको पीडा, जो कुण्ठामा समेत परिणत भएको हुनसक्छ, त्यसलाई खुलेर, निडर भएर अभिव्यक्तगर्ने पर्वको रुपमा तीजलाई परिभाषित गरिन्छ । यद्यपी यसको धार्मिक मान्यता आफ्नै छ ।
तीजको पुजा विधि पनि आफ्नै छ । यति हुँदा हुँदै पनि तीजको लोकप्रियताको कारण भनेकै महिलाहरुले अभिव्यक्ति स्वतन्त्रताको उच्चअभ्यास गर्न सक्नु नै हो । यो तीजमा पनि महिलाहरु अभिव्यक्त हुन सकुन्, यो अभिव्यक्तिले महिलाहरुमा त्रास हैन, उत्साहथपोस्, अनिअभिव्यक्तिहरु अर्थपूर्ण र मर्यादित हुन सकुन् । तर, मनलाई अभिव्यक्त गरेर कुण्ठा फाल्नआबश्यक छ । कुण्ठा बढ्दै गयो भने त्यसले हिंसाको रुप लिने भएकोले तीजमा पीडा र कुण्ठालाई तिलाञ्जली दिन पनि आबश्यक छ ।
पर्वहरुमा शुभकामना दिने चलन छ । यसको अर्थ कति रहन्छ रहदैन, आफ्नो ठाँउमा छ । तर, यी शुभकामनाहरुले पर्वलाई उन्मुक्त भएर मनाउने उत्साह थप्न सक्नुपर्छ, कुनै विना संकोच मनाउनु पाउनु पर्छ । यसमा कुनै बन्देजको कुरा गरिनु हुँदैन । अझ अभिव्यक्ति स्वतन्त्रतासँग जोडिएको यो पर्व मनाउँदा कुनै ‘रिजर्भेसन’ रहन दिनु पनि हुँदैन । तर, ‘मैले भड्किलो ढंगले पर्व मनाउँदा अरुको मन खिन्न त हुँदैन ?’ भनेर सोच्न भने जरुरी छ । यतिमात्र सोचियो र अरुहरुलाई नकारात्मक अनुभुति हुन नदिने गरी पर्व मनाउने योजना बनाइयो भने त्यसले थप आनन्दाको भूति दिने छ ।
त्यसैगरी पर्व भन्नाबित्तिकै सामाजिकिकरणको अभियानलाई सघाउने हुन्छ । तीजले सामाजिकिकरणको अभियानलाई पनि सघाउ पुराउँदै आएको छ र अझै पनि सघाउने दिने ढंगको परिस्थिति निर्माणका लागि पनि सबैले भूमिका निर्वाह गर्नु पर्दछ । महिलाको पर्व भनेर यसलाई संकुचन गर्ने भन्दापनि पीडा र कुण्ठाले थिचिएकाहरुले अभिव्यक्ति दिने खुला पर्वको रुपमा तीजलाई स्वागत गर्न सक्यौ भने यो पर्वको झनै महत्व बढ्ने छ ।
तीज भन्नासाथ केही कुराहरु परम्परासँग जोडिएर आउछन् । ती परम्परामै अडेर पर्व मनाउनु पर्छ भन्ने सोच भने हुनुहुदैन । कसरी पर्वबाट अधिकतम आनन्द लिने हो भनेर योजना बनाउन सकैको डर वाधक मान्नु पर्दछ । अरुलाई असहज नलाग्ने गरी जस्तो सुकै योजना बनाएर पनि तीजको मज्जालिन यो पर्वका पारखीहरुले सकुन । महिला दिदी बहिनिहरुले सामूहिक रुपमा अभिव्यक्तगर्ने पीडा र कुण्ठालाई समाजले सुनेर पीडा अनि कण्ठामुक्त परिवेश निर्माणमा भूमिका खेल्न सकोस् । यति चाहना प्रकट गर्दै अधिकतम मनोरञ्जनका साथ तीज मनाउन सबैले सकौँ भन्दै सबैमा तीजको हार्दिक शुभकामना ।
प्रकाशित मिति: १९ भाद्र २०७३, आईतवार १५:०४