६ हजार घर बनाउने जिम्मा एनजीओलाई
२३ जेष्ठ २०७३, आईतवार ०६:३७काठमाडौ, २३ जेठ – राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्पपीडितका ६ हजार घर बनाउने जिम्मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एनजीओ तथा आइएनजीओ लाई दिएको छ ।
यी एनजीओ र आइएनजीओले एउटा घर निर्माण गर्न औसतमा २ लाख रुपैयाँदेखि १२ लाख रुपैयाँसम्म विनियोजन गरेका छन् ।
ती एनजीओ र आईएननीओले १२ अर्ब २८ करोड १८ लाख ७७ हजार ९ सय ८१ रुपैयाँमा ६ हजार ७ सय ५९ वटा निजी आवास एक सय ३३ वटा विद्यालय र २ वछा स्वास्थ्य चौकी पुननिर्माण गर्ने जिम्मेवारी पाएका छन् ।
आफूसमक्ष पेस भएका २७ वटा संस्थाका परियोजना प्रस्तावलाई स्वीकृत गरिएको प्रधिकरणले जनाएको छ । आजको अन्नपूर्णमा खबर छ ।