आइतवार, अशोज ३१, २०७८

६२ सिरियन सैनिकको मृत्यु

२ आश्विन २०७३, आईतवार ०९:५८

एजेन्सी २ असोज– अमेरिकी नेतृत्वमा रहेको सेनाले गरेको हवाई आक्रमणमा परि ६२ जना सिरियन सैनिकको मृत्यु भएको छ । उनीहरु विद्रोही गुट इस्लामिक स्टेटका विरुद्ध लडिरहेका थिए ।

अमेरिकी सेनाले उत्तर पूर्वी सिरियामा हवाई हमला गरेको स्वीकार गरेको छ । अमेरिकाले आइएसलाई लक्षित गरि गरिएको आक्रमणमा सिरियाली सेना रहेको थाहा पाउने विक्तिकै कार्वाही रोकेको प्रतिक्रिया दिएको छ । सिरिया संकटकै बारेमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठक बोलाइएको छ ।

यता, रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले भने युद्धविरामको आडमा सिरियन विद्रोहीहरु एकजुट हुँदै शक्तिसञ्चयमा लागेको र उनीहरुलाई अमेरिकाले सघाइरहेको आरोप लगाएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share