बुधबार, कार्तिक १०, २०७८

होटल व्यवसायमा ८७ करोड लगानी

१ आश्विन २०७३, शनिबार १६:३९

म्याग्दी १ असोज । म्याग्दीमा दर्ता भएका होटल तथा रेस्टुरेन्ट व्यवसायमा रु ८७ करोड लगानी भएको छ ।

घरेलु तथा साना उद्योग विकास समिति कार्यालयका अनुसार म्याग्दीमा आर्थिक बर्ष २०७२÷७३ सम्म दर्ता भएका ५१० वटा होटल तथा रेस्टुरेन्टमा उक्त लगानी भएको हो । गत वर्ष २१ वटा नयाँ होटल तथा रेस्टुरेन्ट दर्ता भएका छन् ।

ती होटलमा एक हजार २७५ जनाले रोजगारी पाएको समितिका उद्योग दर्ता शाखाका खरिदार इन्द्र पौडेलले बताए  । बेनी, घोडेपानी, सिङ्गा तातोपानी, दरवाङ, भुरुङ तातोपानीलगायत पर्यटकीय स्थलमा केही वर्षयता होटल तथा रेस्टुरेन्ट स्थापना हुने क्रम बढेको छ ।

पर्यटकको आवागमन बढेको र पाहुनाको चाहनाअनुसारको सुविधा दिन होटलमा लगानी तथा क्षमता बढाएको होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घका अध्यक्ष गोपाल पौडेलले बताए  ।

नयाँ होटल खुल्ने र पुरानाले सेवा सुविधा तथा स्तरोन्नति गर्न थालेपछि यस क्षेत्रमा लगानी बढेको हो । होटलले क्षमत्ता बढाएपछि कोठा नपाएर बसपार्क र चौतारीमा रात बिताउनुपर्ने समस्या समेत हटेको छ । जिल्लामा दृश्यावलोकन, पदयात्रा र हिमाल आरोहणको प्रशस्त सम्भावना रहेकाले व्यवसायीहरु होटल तथा रेस्टुरेन्ट व्यवसायतर्फ आकर्षित भएका हुन् । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share