आइतवार, अशोज ३१, २०७८

हुलाकी राजमार्ग प्रथमिकतामा : मन्त्री लेखक

२५ भाद्र २०७३, शनिबार १५:०५

राजविराज, २५ भदौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले हुलाकी राजमार्गको निर्माण कार्य सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

नेपाली काँग्रेस सप्तरीद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उनले अवरुद्ध हुलाकी सडकको निर्माण कार्यलाई दु्रतगतिमा अगाडि बढाइने प्रतिवद्धता व्यक्तगरे ।

मन्त्री लेखकले सरकार हुलाकी सडक निर्माण कार्यमा देखिएका चुनौतीलाई समाधान र व्यवस्थापन गर्न प्रतिबद्ध रहेकाले यसको सफलताप्रति विश्वास गर्न आग्रहगर्दै गुणस्तरीय सडक निर्माणका लागि विभिन्न संयन्त्र परिचालन गरिएको जानकारी दिए ।

लामो समयदेखि अवरुद्ध सप्तरीको रुपनी–गाईघाट तथा छिन्नमस्तादेखि भारतीय सिमाना सम्म जोडिने सडकलाई समेत निर्माण गरिने पनि उनले बताए ।
रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share