बुधबार, मंसिर २२, २०७८

हुम्लामा पहिलो सांस्कृतिक महोत्सव

१७ जेष्ठ २०७३, सोमबार १२:२३

हुम्ला, १७ जेठ । जिल्लामा पहिलोपटक ‘हुम्ला सांस्कृतिक महोत्सव’को आयोजना गरिएको छ ।

सञ्जीवनी कला केन्द्र र जिल्ला विकास समितिले संयुक्तरुपमा आइतबारदेखि आयोजना भएको महोत्सवमा जिल्लाका २७ गाउँ विकास समितिले भाग लिएका छन् ।
महोत्सवमा पुराना सांस्कृतिक झाँकी, महाकाल, ढाल, तरबार, देउडा गीत, छुटके नाच, लोक गीत, नृत्य गरी ३७ टोलीले भाग लिएका छन् ।
गणतन्त्र दिवसका अवसरमा आयोजना गरिएको उक्त महोत्सवमा भाग लिने टिमलाई पुरस्कारको व्यवस्था पनि मिलाइएको छ । आइतबारदेखि सञ्चालन भएको कार्यक्रम आज सम्पन्न हुनेछ ।
स्थानीय विकास अधिकारी बलदेव जोशीको अध्यक्षतामा भएको महोत्सवको निमित्त प्रमुख जिल्ला अधिकारी धर्मराज न्यौपानेले हिजो उद्घाटन गरेका थिए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share