बिहिबार, माघ १३, २०७८

हिमालयन वृद्धाश्रममा एचडिएनपी नेपालको सहयोग

१२ असार २०७३, आईतवार ०९:०४

काठमाडौँ, १२ असार ।

अमेरिकामा मुख्यालय रहेको संस्था असहाय तथा जरुरत मानवीय सहायता (एचडिएनपी) नेपालले बालाजुस्थित हिमालयन वृद्धाश्रमका लागि सहयोग गरेको छ । सभासद्द्वय विशाल भट्टराई, रामवीर मानन्धरलगायतले शनिबार उक्त वृद्धाश्रममा गएर त्यहाँका वृद्धवृद्धालाई एक महिनाका लागि पुग्ने खाद्यान्न वितरण गर्नुभयो जसमा तीन बोरा चामल, दाल, चिनीलगायत खाद्यान्न समावेश थिए ।

त्यस क्षेत्र (काठमाडौँ–४) का सभासद् मानन्धरले वृद्धाश्रममा पानीको अभाव भएको पाइएकाले तीनदिनभित्र उक्त समस्या हल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । संस्थाका अध्यक्ष देवी ‘डेभिड’ आचार्यले गोजीको पैसाबाट छुट्याएर जम्मा पारेको रकमबाट उक्त खाद्यान्न किनिएको कोषाध्यक्ष सुरेन्द्र खतिवडाले जानकारी दिए ।

पाँचथर मूल घर भएका आचार्यले करिब दुई दशकदेखि अमेरिकामा बसेर उक्त संस्थामार्फत यहाँका नेपालीलाई सहयोग गरिरहनुभएको छ ।

संस्थाले विगत तीन वर्षदेखि महिनामा एक चोटी यहाँका वृद्धवृद्धा, अपाङ्ग, असहाय आदिलाई यस्तो सहयोग गर्दै आएको बताइएको छ ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share