बिहिबार, माघ १३, २०७८

हात्ती आतङ्क रोक्न विद्युतीय तारबार गरियो

६ असार २०७३, सोमबार ०९:५७

कञ्चनपुर, ६ असार ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका बडुवाल टोलमा जङ्गली हात्तीको आतङ्क रोक्नका लागि सौर्य ऊर्जामा आधारित विद्युतीय तारबार गरिएको छ । शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालयको सहयोगमा चार किलोमिटर क्षेत्रफलमा विद्युतीय तारबार गरिएको हो ।

जङ्गली हात्तीले पु¥याउँदै आएको क्षति न्यूनीकरण गर्नका लागि परीक्षणका रुपमा सौर्य ऊर्जामा आधारित विद्युतीय तारबार गरिएको आरक्षका मुख्य संरक्षण अधिकृत बेदकुमार ढकालले बताए ।

“भारतसँग सीमा जोडिएको बडुवाल टोलमा भारतीय जङ्गल हुँदै आउने हात्तीको झुण्डले बर्सेनि बालीनालीमा क्षति पु¥याउँदै आएकाले क्षति न्यूनीकरण गर्न तारबारले मद्दत पु¥याउने विश्वास लिएका छौँ” उनले भने । तारबारमा विद्युत् प्रवाह गरिएको छ ।

विद्युतीय तारबारले यस क्षेत्रका बासिन्दालाई जङ्गली हात्तीको आतङ्कबाट छुटकारा पाउन प्रभावकारी हुने हिमाल मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर सिंहले बताए ।

बडुवाल टोलमा १२५ घरघुरीका ६६९ परिवार बस्दै आएका छन् । आरक्ष कार्यालयले परीक्षण सफल भएमा अन्य मध्यवर्ती क्षेत्रमा समेत विद्युतीय तारबार गर्ने योजना बनाएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share