सोमवार, मंसिर २०, २०७८

हाते कागज उद्योग पुनः सञ्चालनमा

२५ जेष्ठ २०७३, मंगलवार ०८:५२

म्याग्दीको लुलाङमा रहेको नेपाली हाते कागज उद्योग सात वर्षपछि पुनः सञ्चालनमा आएको छ ।

विसं २०६५ मा सोले हब्स प्रालिद्वारा स्थापित उद्योग कर्मचारीले बदमासी गरेपछि एक वर्षमै बन्द भएको थियो । सामूहिक रुपमा सञ्चालित उद्योगलाई स्थानीय केशरबहादुर पुर्जाले व्यक्तिगत स्वामित्वमा लिएर यसै वर्षदेखि पुनः सञ्चालन गरेका हुन्।।

दोलखाबाट काम गर्न आएका कर्मचारी पाल्देन शेर्पाले उद्योगको रकम हिनामिना गरेर फरार भएपछि जनशक्ति अभाव र आन्तरिक समस्याका कारण उद्योग बन्द भएको थियो । उद्योग बन्द हुँदा स्थानीय जङ्गलमा प्रशस्त मात्रामा पाइने अल्लोको पुवा कुहिएर खेर गएको थियो ।
timthumb
अल्लो पुवाको सदुपयोग, स्थानीय जनतालाई रोजगारी र आम्दानीको अवसर प्रदान गर्न उद्योग पुनः सञ्चालनमा ल्याएको सञ्चालक पुर्जाले बताए । तीन लाखभन्दा बढी लगानीमा स्थापना गरेको उद्योगमा हाल तीन जनाले रोजगारी पाएका छन् ।

कागज उद्योग पुनः सञ्चालनमा आएपछि स्थानीय जङ्गलमा पाइने अल्लो पुवाको सदुपयोग भएको छ । खेर गइरहेको अल्लोको पुवा सङ्कलन गरेर स्थानीय बासिन्दाले आयआर्जन गर्न पाएका छन् । उद्योगले प्रतिकेजी एक सयका दरले पुवा खरिद गर्ने गरेको छ ।

सामुदायिक वनलाई पुवा सङ्कलन गरेबापत प्रतिकिलो पाँच रुपैयाँ कर तिर्नुपर्छ । उद्योगले हालसम्म ६० कोरी नेपाली कागज उत्पादन गरिसकेको छ । एक कोरी नेपाली कागजलाई तीन हजार रुपैयाँ पर्छ ।

उद्योगलाई व्यवस्थित गरेर उत्पादन क्षमता बढाउने सञ्चालक पुर्जाको योजना छ । पानी पर्दा र घाम नलाग्दा कागज सुकाउन समस्या हुने गर्छ । कागज सुकाउन छुट्टै प्लास्टिकको टनेल घर बनाउने तयारी भइरहेको छ । उद्योग सञ्चालनका लागि बहुसरोकारवाला वन कार्यक्रमले सङ्गम म्याग्दी मार्फत एक लाख २० हजार सहयोग गरेको थियो । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share