शुक्रबार, कार्तिक ५, २०७८

हवाई इन्धनको मूल्य घट्यो

३१ भाद्र २०७३, शुक्रबार १७:५४

काठमाडौँ, ३१ भदौ । नजिकिएको चाडपर्वलाई ध्यानमा राखी नेपाल आयल निगमले हवाई इन्धनमा मूल्य घटाएको छ ।

दसैँतिहार लगायत पर्वमा खासगरी पहाडी भेगमा सस्तो यात्रा होस् भन्ने उद्देश्यले हवाई इन्धनको मूल्य घटाइएको निगमका प्रवक्ता मुकुन्द खनालले  जानकारी दिए । उनका अनुसार हवाई इन्धनमा प्रतिलि रु पाँच र अन्तर्राष्ट्रियमा प्रतिहजार लि ५० अमेरिकी डलर मूल्य घटाइएको छ ।
निगमले करिब दुई साताअघि खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर रु ५० घटाएको थियो । पेट्रोलियम पदार्थको मूल्य भने तत्काल नघट्ने निगमले जनाएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share