सोमवार, मंसिर २०, २०७८

हवाई आक्रमणमा सत्र सिरियाली नागरिकको मृत्यु

२४ जेष्ठ २०७३, सोमबार १९:३३

दमास्कस (सिरिया), २४ जेठ । सिरियामा बसर अल असद पक्षधर सरकारी सेनाले इस्लामिक स्टेट (आईएस) समूहलाई लक्षित गरी गरेको हवाई आक्रमणमा कम्तिमा १७ जनाको मृत्यु भएको छ । घटनामा दर्जनौँ नागरिक घाइते भएका छन् ।

सोमबार सिरियाको पूर्वी प्रान्त देइर अल जोरको अल साहराको सहरी क्षेत्रमा गरिएको आक्रमणमा आफ्नो दैनिकी बिताइ बसिरहेका निर्दोष नागरिकको मृत्यु भएको सिरियाली मानवअधिकार पर्यवेक्षण संस्थाले बताएको छ ।
यसैबीच सिरियाली प्रतिपक्षी दल कसिअनले हवाई आक्रमणमा रसियाली युद्धक विमान प्रयोग भएको दावी गर्दै आक्रमणबाट २३ सिरियाली नागरिकको मृत्यु भएको जनाएको छ । रासस/एएफपी

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share