हतियार सहित पक्राउ
७ असार २०७३, मंगलवार ०७:१९डोटी, ७ असार । गत जेठ २८ गते साँझ गोली प्रहारबाट मारिएकी २१ वर्षीया डोटीको पतनाली गाविस तलकोट निवासी मीना साउदको हत्यामा संलग्न रहेको आशङ्कामा समातिएका एक व्यक्तिबाट रिभल्बर र पेस्तोल एक एक थान तथा त्यसमा लाग्ने चार थान गोली प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिल्लीराज विष्टको नेतृत्वमा खटिएको टोलीले आशङ्कामा समातेका व्यक्तिबाट ती हतियार बरामद गरेको हो । अञ्चल प्रहरी कार्यालय कैलालीको अनुसन्धान टोली, क्षेत्रीय प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले सो सफलता प्राप्त गरेको हो । सोही गाउँकै एक शिक्षकमाथि गाउँलेले गरेको आशङ्कामा उनी पक्राउ परेका हुन् । रासस