बुधबार, मंसिर २२, २०७८

हतारोमा बजेट सक्ने चटारो

३१ जेष्ठ २०७३, सोमबार ०६:४७

काठमाडौ, ३१ जेठ – आर्थिक वर्षको अन्त्यमा जसरी पनि बजेट सक्ने मनसायले गुणस्तरहीन काम गर्ने प्रवृत्ति बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुगमन बढाएको छ ।

आर्थिक वर्षका सुरुवाति महिनामा बजेट कार्यान्वयनमा उदासीन हुने तर जेठ असारमा जथाभावि खर्च गर्ने प्रवृत्ति यस वर्ष पनि दोहोरिएपछि अख्तियारले सक्रियता बढाएको हो ।

बजेट कार्यान्वयनको अन्तिम समयको फाइदा उठाउँदै मिलोमतोमा झुटा बिल भर्पाइ बनाउने र सम्बन्धित क्षेत्रमा कामै नगरी भएको देखाई बजेट सक्ने प्रवित्तृ मौलाएको भन्दै अख्तियारले चासो दिएको हो ।

आयोग प्रवक्ता कृष्णहरी पुष्करले जथाभावि खर्च गर्ने, झुडा बिल भर्पाई बनाउने, सम्बन्धित क्षेत्रमा जाँदै नगाई काम नगरी टीएडीए दिने र जथाभावी बजेट सक्ने प्रवृतिमाथी कडा निगरानी सुरु गरिएको बताए । आजको कारोबारमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share