बुधबार, माघ ५, २०७८

हजार्ड आउट ! अब रोनाल्डो भर्सेस बेल

१८ असार २०७३, शनिबार ०९:२०

Ronaldo-Vs-baleवेल्स र बेल्जियमको खेल अघिसम्म क्रिष्टियानो रोनाल्डोसँग इडन हजार्ड र ग्यारेथ बेल मध्ये कसले खेल्ने भन्ने प्रश्न थियो । अब यसको जवाफ आएको छ ।

र, रोनाल्डोसँग उनका रियल मड्रिडका टिममेट ग्यारेथ खेल भिड्ने भएका छन् । अर्थात युरोकपको सेमिफाइनलमा पोर्चुगल र वेल्सको भेट रोनाल्डो भर्सेस बेल हुनेछ ।

शनिबार विहान लिलेमा भएको खेलमा हजार्डको कप्तानीमा रहेको बेल्जियमको सुरुवात राम्रो थियो । हजार्डसँगै केभिन डि ब्रायेन र लुकाकु सहितको बेल्जियमले १३ औं मिनेटमा नै राड्जा नारिनगोलान्डको गोलबाट अग्रता पनि लियो । तर, यसलार्इ धेरैबेर जोगाइराख्न सकेन ।

३० औं मिनेटमा वेल्सका कप्तान एश्ले विलियम्सले बराबरी गोल फर्काए । तर, खेलको टर्निङ प्वाइन्ट भने ५५ औं मिनेटमा बन्यो, जतिबेला वेल्सका हल रोब्सन कानुले गोल गरे ।

बल पोजिसन बेल्जियमकै पक्षमा थियो र उसले अझै पनि खेलमा र्फकने प्रयास जारी राख्यो । औं मिनेटमा साम भोक्सले गोल गर्दै युरो २०१६ को अन्तिम चारमा वेल्सलाई पुर्‍याए ।

अब हजार्डको युरो १०१६ को यात्रामा पुर्णविराम लागेको छ ।र, सेमिफाइनलमा पोर्चुगल र वेल्स भिड्ने भएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share