मङ्लबार, कार्तिक ९, २०७८

स्वास्थ्य बिमा लागू गर्ने सञ्चय कोषको तयारी

१ आश्विन २०७३, शनिबार ०८:०३

काठमाडौ, १ असोज – कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको हितलाई ध्यानमा राखेर यसै आर्थिक वर्षदेखि स्वास्थ्य बिमा लागू गर्ने भएको छ ।

सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत गरेको बृहत्तर स्वास्थय बिमा कार्यक्रम र कोष आफैले तीन वर्षअघिदेखि गरेको पहललाई यस वर्ष योजना बनाएर कार्यान्वयनमा लैजान लागिएको हो ।

यस अघि कोषले सञ्चयकर्तालाई स्वास्थ्य सुविधा दिने उद्देश्यले छुट्टै स्वास्थ्य बिमा कम्पनी खोल्ने योजना बनाएको थियो । सरकारबाट कम्पनी खोल्न स्वीकृत नपाएपछि कोषले यस वर्षबाट सञ्चयकर्तालाई मात्र सेवा पुग्ने गरी कार्यक्रम सञ्चालन गर्न लागेको कोषका प्रशासक कृष्णप्रसाद आचार्यले बताए ।

दुई वर्षअघि सञ्चयकोषले पाँच वर्ष भित्र छुट्टै स्वास्थ्य बिमा कम्पनी स्थापना गर्ने तयारी गरेको थियो । कोषले सञ्चयकर्तालाई बृहत्त् स्वास्थ्य सुविधा दिन योगदानमा आधारित स्वास्थ्य बिमा योजना सञ्चालन गर्न लागेको उनले भने ।

आजको अन्नपूर्णमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share