बुधबार, कार्तिक १०, २०७८

स्वास्थ्य चौकीलाई निःशुल्क जग्गादान

२ आश्विन २०७३, आईतवार ०८:२६

बैतडी, २ असोज । यहाँस्थित हटैराज–४ का स्थानीय बासिन्दा धौल चन्दले निःशुल्क रुपमा स्वास्थ्य चौकीलाई जग्गादान गरेका छन् ।

चन्दले स्वास्थ्य चौकी भवन निर्माणका लागि पाँच रोपनी जग्गादान गर्नुभएको हटैराज स्वास्थ्य चौकीका इन्चार्ज जगदीश भट्टले जानकारी दिए ।
जग्गादान गरेसँगै स्वास्थ्य चौकीको भवन निर्माणका लागि सहज हुनाका साथै उक्त ठाउँमा स्वास्थ्य चौकी भवन निर्माण भएपछि स्थानीय बासिन्दाले सहज रुपमा स्वास्थ्य सेवा पाउने विश्वास गरिएको छ ।

एक्स–रे मेसिन बिग्रँदा बिरामीलाई समस्या

जिल्ला अस्पताल बैतडीमा एक्स–रे मेसिन एक हप्तादेखि बिग्रँदा बिरामीलाई समस्या भएको छ । एक्स–रे मेसिन बिग्रँदा चोटपटक लागेका बिरामीलाई चेकजाँच गर्न समस्या भएको हो । करिब २० वर्ष पुरानो एक्स–रे मेसिन जिल्ला अस्पतालमा रहेको र प्राविधिकहरुले बिग्रेको मेसिन बनाउन नसक्ने बताएपछि नयाँ मेसिन ल्याउनुपर्ने अवस्था रहेको जिल्ला अस्पताल बैतडीका डा नीरज आचार्यले जानकारी दिए ।

एक महिना अगाडि बिग्रेको एक्स–रे मेसिन बीचमा मर्मत गरेर सञ्चालनमा ल्याइएको भए पनि फेरि बिग्रेपछि समस्या भएको डा आचार्यले बताए ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share