बुधबार, कार्तिक १०, २०७८

स्वास्थ्य चौकीलाई जग्गादान

२१ भाद्र २०७३, मंगलवार १२:५८

बाबियाचौर (म्याग्दी), २१ भदौ । म्याग्दीको ओखरबोटमा रहेको स्वास्थ्य चौकीलाई स्थानीय बासिन्दाले करिब साढे छ लाख रुपैयाँ मूल्य बराबरको जग्गादान गरेका छन् ।

स्वास्थ्य चौकीको भवन निर्माणका लागि स्थानीय बासिन्दाले छ लाख ४५ हजार रुपैयाँ मूल्य बराबरको चार रोपनी तीन पैसा तीन दाम क्षेत्रफल भएको जग्गादान गर्नुभएको ओखरबोट गाविसका सचिव रमाकान्त घिमिरेले जानकारी दिए ।

ओखरबोट–४ निवासी स्वास्थ्य चौकी व्यवस्थापन समितिका पूर्वअध्यक्ष स्वर्गीय पूर्णबहादुर घर्तिमगरको स्मृतिमा उहाँकी श्रीमती हस्ती घर्तीले चार लाख ३५ हजार रुपैयाँ मूल्य पर्ने तीन रोपनी पाँच आना तीन दाम जग्गादान गरेका हुन् ।

यसैगरी, ओखरबोट–७ का गणेश घर्तिमगरले थप दुई लाख १० हजार रुपैयाँ मूल्य बराबरको ११ आना जग्गा स्वास्थ्य चौकीलाई उपलब्ध गराएका हुन् । स्वास्थ्य चौकीले हाल गाविस कार्यालय भवनबाट सेवा प्रवाह गर्दै आएको छ ।

जग्गा उपलब्ध भएपछि नयाँ भवन निर्माणका लागि रकम मागगरी प्रक्रिया अघि बढाइने गाविस सचिव घिमिरेले बताए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share