स्वास्थ्यचौकी भवनको छाना उड्यो
२३ जेष्ठ २०७३, आईतवार १२:५८सल्यान, २३ जेठ ।
निगालचुला गाविसमा रहेको स्वास्थ्यचौकी भवनको छाना हुरीले उडाउँदा सेवा प्रवाहमा समस्या भएको छ । गत हप्ता पानीसँगै आएको हावाहुरीले भवनको छाना उडाउँदा स्वास्थ्यचौकीबाट प्रवाह हुने सेवा प्रभावित भएको हो । दुईकोठे भवनको जस्तापाताको पूरै छाना हावाले उडादिएपछि औषधिदेखि बिरामी जाँच गर्न समस्या भएको निगालचुला स्वास्थ्यचौकीका प्रमुख तुलाराम रानाले जानकारी दिनुभयो । रासस
Flash Newsclose