आइतवार, अशोज ३१, २०७८

स्ववियु पदाधिकारी तथा सदस्यहरूको पदभार

४ आश्विन २०७३, मंगलवार १२:५२

सुर्खेत ४ असोज । स्ववियुमा निर्वाचित प्रत्यक्ष तर्फका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको पदभार ग्रहण सम्पन्न मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नव निर्वाचित विद्यार्थी यूनियनको कार्य समितिलाई एक कार्यक्रमका विच पदभार ग्रहण गराइएको छ ।

14344253_10206182603999156_7613132798206064802_nविश्वविद्यालयको केन्द्रीय क्याम्पस परिसरमा उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइरालाले आज पदभार ग्रहण गराएका हुन् । विश्वविद्यालयका उपकुलपति प्रा.डा. कोइरालाले विजयी पदाधिकारीलाई पद तथा गोपनियताको सपथ खुवाएका थिए ।

कार्यक्रममा बोल्दै उपकुलपति कोइरालाले विश्वविद्यालयका शैक्षिक र प्राज्ञिक उन्नतिको लागि स्ववियु पदाधिकारीले साथ दिनेमा आफू विश्वस्त रहेको बताए । उनले विद्यार्थीको माग र विश्वविद्यालयको लक्ष्य अनुसार पदाधिकारीले काम गर्न सुझाव समेत दिए ।

सपथ कार्यक्रममा बोल्दै निर्वाचन छानविन समितिका संयोजक मस्तबहादुर गरञ्जाले निर्वाचन बारे बाहिर उठेका टिकाटिप्पणि गलत भएको जानकारी दिए । ‘हामीले तथ्यका आधारमा छानविन गर्ने हो ।’ गरञ्जाले भने, ‘बाहिर आए जस्तो हल्ला गलत हो, निर्वाचनको नतिजा सत्य छ ।’

गरञ्जाले छानविन गरेर निर्वाचन समिति र विश्वविद्यालयलाई प्रतिवेदन समेत बुझाएको जानकारी दिए । भदौ १२ गते भएको विश्वविद्यालयको स्ववियु निर्वाचन सम्पन्न भएको थियो । १७ सदस्यीय स्ववियु कमिटीमा ७ सदस्य समानुपातिक हुने प्रावधान छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share