मङ्लबार, कार्तिक ९, २०७८

स्थानीय निकायको निर्वाचन हुनेमा पत्यार छैन ः रावल

३१ भाद्र २०७३, शुक्रबार १७:५९

कञ्चनपुर, ३१ भदौ । नेकपा (एमाले)का केन्द्रीय उपाध्यक्ष भीमबहादुर रावलले समयमै स्थानीय निकायको चुनाव हुनेमा पत्यार नलागेको बताएका छन् ।

झलारीमा नेपाल राष्ट्रिय वाणिज्य सङ्घको नगरस्तरीय सङ्गठनको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उनले चैतमै सरकारको म्याद सकिने भएकाले चुनाव हुनेमा आशङ्का रहेको बताए  । उनले भने , “चैतमै म्याद सकिने म्यादे सरकारले चुनाव गराउन सक्दैन ।” संविधानमा जनताको अधिकारको प्रत्याभूत गरिएकाले यसलाई कार्यान्वयन गराउनका लागि सबैले लाग्नुपर्ने उनले बताए ।

नागरिक समृद्ध नहँुदासम्म देश विकास सम्भव नहुने भएकाले स्वदेशी वस्तुको प्रयोगमा जोड दिनुपर्ने उनले उल्लेख गरे । वर्षौंदेखि मिलेर बसेका पहाडी र थारु समुदायबीच विखण्डन ल्याएर सुरक्षाकर्मीमाथि साङ्घातिक हमला गरी कैलालीको टीकापुर घटना गराउनेमाथि कारबाही गरिनुपर्ने धारणा उनले व्यक्त गरे  । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share