बुधबार, कार्तिक १०, २०७८

स्थानिय चुनाव नयाँ संविधान अनुसार : प्रधानमन्त्री

२० भाद्र २०७३, सोमबार १४:०४

काठमाडौं, २० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले भदौंभित्र आवश्यक कानुन बनाई असोजभित्र सबै पुनर्संसरचनाको काम सकेर अब हुने निर्वाचन स्थानीय निकायको नभई नयाँ संविधानले व्यवस्था गरेको स्थानीय तहको हुने बताएका छन् । उनले भदौं महिनाभित्र आवश्यक कानुन संसदबाट पास गरेर सरकार जसरी पनि फागुन–चैत भित्र स्थानीय तहको निर्वाचन गर्न लागिपरेको बताए । उनले यसको लागि स्थानीय निकाय पुनर्संरचना आयोगसँग समन्वय गरी काम भइरहेको बताए । उनले स्थानीय तहको पुनर्संरचना गर्न दलहरुबीच भदौं महिनाभित्रै समझदारी हुनपर्ने आवश्यकता औंल्याए । ‘संविधान कार्यान्वयन सरकारको पहिलो प्राथमिकता हो’, संसदको विकास समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले भने,‘संविधान कार्यान्वयनको लागि जसरी पनि निर्वाचन गर्नुपर्ने हुन्छ ।’

उनले संविधान कार्यान्वयनमा दलहरु एकजुट हुनुपर्ने आवश्यकता औंल्याए । ‘संविधान जारी गर्ने बेलामा जस्तै संविधान कार्यान्वयन गर्ने बेलामा पनि दलहरुबीच ऐक्यावद्धता आवश्यक छ’, उनले भने,‘मधेसी, थारु र जनजातीसहित सबैको माग सम्बोधन गरी संविधान कार्यान्वयन गर्नुपर्छ ।’

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share