सौर्य उर्जाबाट संचालित विमान न्यूयोर्क पुग्यो
३० जेष्ठ २०७३, आईतवार १२:३३न्यूयोर्क, ३० जेठ । सौर्य उर्जाबाट संचालित विमान न्यूयोर्क पुगेको छ । गत वर्ष अबुधाबीबाट उडान भरेको यो विमान विश्व भ्रमण गर्ने क्रममा न्यूयोर्क पुगेको हो ।
यो विमानले न्यूयोर्कस्थित ‘स्ट्याचु अफ लिबर्टी’ वरिपरि घुमेर केही तस्वीरसमेत लिएको छ । इन्धनविना सौर्य उर्जाकै भरमा चल्ने यो विमानले अब एटलान्टिक सागर पार गर्ने जनाइएको छ । (एजेन्सी)