सोमवार, मंसिर २०, २०७८

सोह्र तालिवान र तीन सैनिकको मृत्यु

२८ जेष्ठ २०७३, शुक्रबार १६:२९

काबुल, २८ जेठ । अफगानिस्तानमा गत २४ घण्टायता तालिवान आतङ्ककारी विरुद्ध भएको सुरक्षा कारबाहीको क्रममा करिब १६ तालिवान आतङ्ककारी मारिएका छन् ।

यस कारबाहीको क्रममा आतङ्ककारीहरुले गरेका आक्रमणमा पनि तीन सैनिकले पनि ज्यान गुमाएका छन् ।
अफगानिस्तानको गृह मन्त्रालयले शुक्रबार सो जानकारी दिएको छ । अफगान प्रहरी र सैनिकको सुंयुक्त कारबाहीमा १६ सशस्त्र तालिवान आतङ्ककारी मारिनुको साथै अन्य पाँच पक्राउ परेका सो मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
अफगानिस्ताको नान्गाहार, पाक्टिका, गजनी, कान्दाहार उरुजगान बाघलान, बाल्ख जावजान, फर्याब, कुन्दुज र हेलमान्ड प्रान्तमा सो कारबाही भएको जनाइएको छ ।
गत अप्रिलबाट तालिवान आतङ्ककारीले समूहले अफगान सरकारी अधिकारी, सुरक्षाबल र सर्वसाधारण नागरिकमाथि भीषण आक्रमण गर्ने घोषणा गर्दै उच्चगतिमा आक्रमण गरेका छन् ।
त्यसैगरी अफगान सुरक्षाबलले तालिवान आतङ्ककारी विरुद्ध जारी गरेको कारबाही अत्यन्त प्रभाकारी भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
गत २४ घण्टायता भएका कारबाहीका बारेमा तालिवान आतङ्ककारी समूहले कुनै टिप्पणी भने गरेका छैनन् । रासस/सिन्ह्वा

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share