आइतवार, अशोज ३१, २०७८

सोह्रश्राद्ध सुरु

१ आश्विन २०७३, शनिबार ०८:२४

काठमाडौ,१ असोज – हिन्दु परम्पराअनुसार आजदेखि सोह्रश्राद्ध सुरु भएको छ । सोह्रवटा तिथीमा पितृप्रति श्रदासाथ पितृकार्य गरिने हुनाले नेपाली समाजमा सोह्रश्रादको नामले परिचित रहेको छ ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म कायम रहने पितृपक्षमा आफ्ना दिवंगत पितृको तिथीमा तर्पण, सिदा दान तथा पिण्डदान गरिन्छ ।

पितृहरुलाई हरेक वर्ष संझनास्वरुप १६ दिन सोह्रश्राद्धका रुपमा छुट्याइएको छ । चाडपर्व, यज्ञयज्ञादी तथा ठूला कार्य गर्नुअघि आफ्ना पितृको श्रदासाथ सम्झना गर्ने वैदिक परम्परा छ ।
बडादशै र तिहारजस्ता चाडअगाडि पर्ने सोह्रश्रदाले सन्ततिलाई आफ्ना पितृप्रतिको दायित्वबोध गराउनुका साथै पितृऋणबाट मुक्त गराएर चित्तशुद्ध गराउँछ भन्ने मान्यता रहि आएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share