आइतवार, असार १९, २०७९

सेनाद्वारा तेह्र वर्ष अगाडिको बम निस्क्रिय

१९ जेष्ठ २०७३, बुधबार १५:११

map of dailekhदैलेख, १९ जेठ ।

तत्कालीन द्वन्द्वका बेला करिब १३ वर्षअघि गाडिएको बेवारिसे बम नेपाली सेनाको टोलीद्वारा आज निस्क्रिय पारिएको छ ।नारायण नगरपालिका–१ पुरानो बजार बारुथथान नजिक चन्द्रप्रसाद सिग्देलको बारीमा गाडेर राखिएको बम मकै गोड्न जाने क्रममा मङ्गलबार स्थानीयले फेला परेका थिए ।

बम भेटिएलगत्तै स्थानीय बासिन्दाले नेपाली सेना र जिल्ला प्रहरीलाई खबर गरेका थिए । सुर्खेतको काली दल गणबाट आएको बम निस्क्रिय टोलीले आज बिहान १० बजे निस्क्रिय गरेको हो । सो बम एकासी मिमी नामक बमको सेल हुनसक्ने बताइएको छ । बम शक्तिशाली भएकाले ठूलो क्षति हुनसक्ने आशङ्का भएपछि नेपाली सेनाले नगरपालिका–८ तर्ताङमा रहेको खुला स्थानमा लगेर निस्क्रिय गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, समरसुर गुल्मका सेनानी सूर्यकान्त घिमिरे, प्रहरी प्रमुख वीरबहादुर वलीको समेत उपस्थिति रहेको थियो ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share