आइतवार, असार १९, २०७९

सुशीला कार्कीको नाम प्रधानन्यायाधीशमा सर्वसम्मत् अनुमोदन

२६ असार २०७३, आईतवार १४:५४

काठमाडौं , २६ असार । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा सुशीला कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको छ । कार्कीमाथि परेका उजुरीका बिषयमा छलफलपछि बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकले कार्कीलाई प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गरेको हो । उनी नेपालको पहिलो प्रधानन्यायाधीश महिला हुने भएकी छन् । अहिले नै उनी कायममुकायम प्रधानन्यायधीशको जिम्मेवारीमा छन् ।

कार्कीले आजै संसदीय सुनुवाई विशेष समितिको बैठकमा उपस्थित भएर आफू विरुद्ध परेको उजूरीको बिषयमा जवाफ दिएकी थिइन् । कार्कीको जवाफ सुन्नुअगाडि समितिले उनीविरुद्ध उजूरी गर्नेहरुसँग गोप्य बैठक गरेको थियो । आफूविरुद्ध परेको उजूरीको जवाफ दिंदै कार्कीले आफू महिला भएकाले मात्रै प्रधानन्यायाधीश हुन नलागेको दाबी गरिन । उनले आफू अस्थायी र स्थायी न्यायाधीश भएको अवधी ७ वर्ष ७ महिनामा ८ हजार ७ सय ६५ मुद्दा छिनेको बताउँदै बैशाख २ गते कायम मुकायम प्रधानन्यायाधीश भएपछि मात्रै ९ सय ३५ मुद्दा छिनेको जानकारी गराइन् । उनले अदालतमा मुद्दाको चाप अत्याधिक रहेको भन्दै ११ जना न्यायाधीशको सुनुवाई प्रक्रिया छिटो सुरु गर्न आग्रह गरिन् ।

समितिले प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस अन्य ११ जनाको पनि सुनुवाई प्रक्रिया अघि बढाएको छ । उनले अदालतमा केही न्यायाधीशमा कामै नगर्ने प्रवृत्ति देखिएको भन्दै गोल्डेन ह्यान्डेसकको प्याकेज ल्याएर बिदाई गर्नुपर्ने धारणा राखिन् । डीएनए टेष्टलाई नाता प्रमाणितको आधार नमानेको भन्दै उनीविरुद्ध परेको उजूरीको बिषयमा महत्वका साथ छलफल भएको थियो । बैठकमा सहभागी अधिकांश सांसदहरुले त्यसै उजूरीलाई आधार मानेर प्रश्न सोधेका थिए । उक्त उजूरीको जवाफ दिंदै कार्कीले डीएनए टेष्टलाई प्रमाणको रुपमा अस्वीकार नगरेको दाबी गरिन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share