मङ्लबार, माघ ११, २०७८

सुर्खेतमा १४ सय ७३ उजुरी

८ असार २०७३, बुधबार १९:१६

सुर्खेत, असार ८ । सुर्खेतमा सत्य निरुपण सम्बन्धी एक हजार ४ सय ४ वटा उजुरी परेको छभने बेपत्ता सम्बन्धी ६९ वटा उजुरी परेको छ ।
सुर्खेतसहित १६ जिल्लाका पीडितहरुले १ हजार ४ सय ४ वटा सत्य निरुपण सम्वन्धी उजुरी दर्ता गराएको स्थानीय शान्ति समिति सुर्खेतले जनाएको छ । जसमध्ये सुर्खेतमा मात्रै १ हजार १ सय ६७ वटा उजुरी परेको छभने अन्य जिल्लाहरुबाट आएका २ सय ३० वटा उजुरी रहेको समितिले जनाएको छ ।

पूर्वी सुर्खेतको राकम गाविसमा सबै भन्दा धेरै ८५ वटा उजुरी परेको र वीरेन्द्रनगर नगरपालिकामा १ सय ६२ वटा उजुरी परेको समितिले जनाएको छ । सत्य निरुपण सम्बन्धी ठेगाना नखुलेको खाम बन्दीमा ७ वटा उजुरी परेको स्थानीय शान्ति समिति सुर्खेतका संयोजक मोहन थापाले जानकारी दिए । उनले सुर्खेतमा जघन्य अपराध गरेका विरुद्धमा खासै उजुरी पर्न नसकेको बताए ।

पीडितहरुले जोखिममोल्न नचाहेका कारण सुर्खेतमा भएका जघन्य अरापध गरेका विरुद्ध उजुरी पर्न नसकेको उनको भनाई छ । राज्य र विद्रोही दुवै पक्षमा बराबर उजुरी परेको र किटानी जाहेरीसहितको उजुरी निकै कम परेको संयोजक थापाले बताए ।

सुर्खेतमा पूर्व प्रहरी प्रमुख, प्रजिअसहित पूर्व प्रधानमन्त्रीसम्मका नाममा उजुरी परेको स्थानीय शान्ति समितिका संयोजक थापाले बताए । सत्य निरुपण तथा बेपत्ता सम्वन्धी उजुरी दिनकालागि आयोगले असार मसान्तसम्म म्याद थप गरेको समेत उनले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share