मङ्लबार, माघ ११, २०७८

सुर्खेतमा राजश्व सङ्कलन ३३ प्रतिशतले बढ्यो

११ असार २०७३, शनिबार १४:२०

सुर्खेत, ११ असार । करदाता सेवा कार्यालय सुर्खेतमा गत वर्षभन्दा यस वर्ष ३३ प्रतिशतले बढी कर सङ्कलन भएको छ । आर्थिक वर्ष २०७१/७२ मा १६ करोड ५७ लाख ८९ हजार २ सय २७ रुपैयाँ राजस्व संकलन भएको थियो भने यस आर्थिक वर्षको जेठ मसान्तसम्म २२ करोड ७ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

13521647_1004215986366322_205690422_nव्यवासाय दर्ता गरेर सञ्चालन गर्नुपर्ने र कर तिर्नुपर्ने सम्बन्धी जानकारी दिन जिल्लामा बेलाबेलामा सञ्चालन गरिएको घुम्ती शिविरले पनि करदाताको संख्या पनि वृद्धि हुँदा राजस्व सङ्कलनमा पनि वृद्धि भएको कर कार्यालय सुर्खेतले जनाएको छ ।

यस वर्ष एक हजार २ सय ४१ थप नयाँ फर्म दर्ता भएको समेत कर कार्यालय सुर्खेतका निमित्त प्रमुख श्रीराज गौतमले जानकारी दिए । जसमध्ये १ सय २९ मूल्य अभिवृद्धि करदाता बढेका छन । उनले करदाता सेवा कार्यालय सुर्खेतमा ११ हजार ४ सय ५५ फर्म दर्ता भएको बताए ।

सुर्खेतमा दुई नगरपालिका थप भएपछि कर सङ्कलनमा वृद्धि हुन गएको कर सेवा कार्यालय सुर्खेतका निमित्त प्रमुख गौतमले जानकारी दिए । उनले भने ‘भेरीगंगा र सुवाघाट गंगामाला नगरपालिका भएपछि करदाताको संख्यामा वृद्धि भएका कारण राजश्वमा पनि बढेको हो ।’

गाविसमा सञ्चालन गरिएका व्यवसायीहरुले कम कर तिर्नु भएकाले विगतका वर्षहरुमा राजश्व कम उठ्ने गरेको कर सेवा कार्यालय सुर्खेतका निमित्त प्रमुख गौतमले बताए । दुई नगरपालिका थप भएपछि व्यवसायमा लाग्ने कर वृद्धि भएकाले राजश्व सङ्कलन बढेको उनको भनाइ छ ।

नगरपालिका क्षेत्रमा शिक्षा सेवा कर र मदिरा व्यवसायमा कर वृद्धि भएकाले विगत भन्दा चालु वर्षमा राजश्व सङ्कलनमा ३३ प्रतिशतले वृद्धि भएको निमित्त कर अधिकृत गौतमले बताए । उनले गाविसमा संचालन भएका विद्यालय र मदिरा जन्य व्यवासयमा कम र नगरपालिका क्षेत्रमा बढी कर तिर्नुपर्ने बताए ।

करदाता सेवा कार्यालयमा सरकारी कर्मचारी, विद्यालयहरू, स्वास्थ्य संस्था, र व्यापार व्यवसाय गर्नेहरूले कर तिर्ने गरेको निमित्त प्रमुख गौतमले जानकारी दिए । स्वास्थ्य संस्थाहरुले सेवा शुल्क ५ प्रतिशत, विद्यालय प्रालिमा दर्ता भए नाफाको २५ प्रतिशत र टिडिएस अनिवार्य १ प्रतिशत कर तिर्नु पर्ने उनले बताए । निजी व्यवसायीहरुले २० लाख भन्दा बढी कारोवार गरे मूल्य अभिवृद्धि करमा जार्नुपर्ने निमित्त कर अधिकृत गौतमले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share