सुर्खेतमा ब्राउन सुगर सहित १ जना पक्राउ
१६ असार २०७३, बिहीबार १३:५८सुर्खेत, १६ असार ।
वीरेन्द्रनगर नगरपालिका १६ का चेतन शाही ब्राउन सुगर सहित सुब्बाकुनाबाट पक्राउ परेका छन् । प्रहरी नायव उपरीक्षक बहादुर जंग मल्लको कमाण्डमा खटिएको प्रहरी टोलीले नगरपालिका १६ मा बस्ने शाहीलाई पक्राउ गरेको हो ।
सुब्बाकुना प्रहरी चेकपोष्ट नजिक सडकमा संकास्पद अवस्थामा हिडिरहेको बेलामा नायव उपरीक्षक बहादुर जंग मल्लको कमाण्डमा गएको प्रहरी टोलीले चेतन शाहीले लगाएको जिन्सको पाइन्ट अगाडिको पकेटमा लुकाई छिपाई राखेको अवस्थामा २ पुरिया ५१० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर फेला पारेको प्रहरीले जनाएको छ ।
गत मंगलबार पक्राउ परेका वीरेन्द्रनगर नगरपालिका १६ का शाहीलाई थप अनुसन्धान कार्य शुरु गरिएको प्रहरी नायव उपरीक्षक बहादुर जंग मल्लले जानकारी दिए ।