बुधबार, मंसिर २२, २०७८

सुर्खेतमा प्रधानमन्त्रीका चार कार्यक्रम

२५ जेष्ठ २०७३, मंगलवार ०७:५६

खबरइरा संवाददाता
सुर्खेत, २५ जेठ । प्रधानमन्त्री के.पी. शर्मा ओलीको सम्बोधन सुर्खेती वासिन्दाले पहिलो पटक प्रत्यक्ष रुपमा देख्न र सुन्न पाउने भएका छन् । एउटा होइन, चार–चार कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधन हुनु सुर्खेतीका लागि ठूलै अवसर हो । kp 1अक्सर नयाँ योजना घोषणा गर्ने प्रधानमन्त्री ओलीले सुर्खेत हुने यी चार कार्यक्रममा सुर्खेत र ६ नम्बर प्रदेशले नयाँ योजना तथा कार्यक्रम के पाउने छन् भन्ने कुरा त सम्बोधनमै थाहा पाइने छ । सात प्रदेश मध्ये सानो र कमजोर रहेको भनिएको ६ नम्बर प्रदेशका लागि पक्कै पनि प्रधानमन्त्रीले थप नयाँ योजना घोषणा गर्ने छन् भन्ने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री ओली सहभागि हुने चार कार्यक्रम मध्ये कुइनेपानी स्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयको प्रशासनिक भवन शिलान्यास, मध्यपश्चिमाञ्चल विश्वविद्यालयकै विश्वविद्यालय सभा(सिनेट), नवनिर्मित सुर्खेत क्षेत्रीय अस्पतालको भवन उद्घाटन र नेकपा एमाले सुर्खेतले आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले जानकारी दिए ।
चार कार्यक्रम मध्ये पछिल्लो कार्यक्रम नेकपा एमाले सुर्खेतले वीरेन्द्रनगरको खुल्ला मञ्चमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने रहेको नेकपा एमाले सुर्खेतका सचिव मोहन बडुवालले जानकारी दिएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share