शुक्रबार, असार १७, २०७९

सुरक्षित घर निर्माण तालिम

८ असार २०७३, बुधबार १६:०६

असार, ८ नगरकोट । सुरक्षित घर निर्माण सम्बन्धी सातदिने तालिम नगरकोट नगरपालिकामा सुरु भएको छ ।

भूकम्पले नगरकोट नगरपालिकामा अत्यधिक घर भत्काएपछि भूकम्पप्रतिरोधी घर बनाउन उत्प्रेरित गर्ने उद्देश्यले नगरकोट नगरपालिकाको समन्वयमा भक्तपुर रेडक्रसले तालिम सुरु गरेको हो । नेपाल रेड्क्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका सभापति मनोजकुमार थापाले तालिमको उद्घाटन गरे ।

घर निर्माणमा सक्रिय रहँदै आएका डकर्मीलाई भूकम्पप्रतिरोधी घर निर्माण सम्बन्धी सात दिने तालिममा नगरकोट नगरपालिका– १ देखि ७ सम्मका २९ पुरुष र एक महिला गरी ३० जनाको सहभागिता रहेको छ । तालिमका लागि २६१ जनाको निवेदन परेको थियो । भूकम्प पुनःनिमार्ण कार्यक्रममार्फत आयोजित तालिम क्रमशः सञ्चालन गरिने बताइएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share