सुरक्षाकर्मीलाई दोषी बनाउन नहुने
२१ जेष्ठ २०७३, शुक्रबार १८:५९काठमाडौँ, २१ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले द्वन्द्वकालमा भएका मानवअधिकार उल्लंघनका घटनामा सुरक्षाकर्मीलाई दोषी बनाउन नहुने बताएका छन् ।नेपाल मानव अधिकार संगठनले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा उनले सरकारको निर्णय अनुसार परिचालन भएका सुरक्षाकर्मीलाई द्वन्द्वकालका घटनामा दोषी देखाउन नमिल्ने बताएका हुन ।उनले नेपाली सेना, जनपद् प्रहरी र सशस्त्र प्रहरी लगायत सुरक्षाकर्मीलाई मानवअधिकार उल्लंघन गरेको अभियोगमा जेल हाल्नुपर्ने मानवअधिकार कर्मीहरुको अभिव्यक्ति आपत्तिजनक भएको बताए । कांग्रेस सभापति देउवाले सुरक्षा कर्मी कुनै एउटा पार्टी विशेषको नभएर राज्यका सुरक्षाकर्मी भएको भन्दै संविधान अनुसार परिचालित उनीहरुलाई द्वन्द्वकालीन घटनामा जिम्मेवार बनाउन नमिल्ने बताए ।