सोमवार, असार १३, २०७९

सुनकोसीमा हाम फालेर बेपत्ता

२१ असार २०७३, मंगलवार १८:५७

बनेपा, २१ असार । काभ्रेपलाञ्चोकको भूम्लुटार गाविस–६ स्थित सुनकोसी नदीमा हाम फालेर एकजना आज बेपत्ता भएका छन् ।

भक्तपुरको मध्यपुरठीमी–८ का विनोद प्रजापति आफूसँगै आएको साथीलाई चुरोट किन्न पठाएर आफ्नो लुगा, मोबाइल र मोटरसाइकल सडकमा राखेर हाम फालेको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नविनराज राइले जानकारी दिए । भक्तपुरबाट उनीहरू घुम्नका लागि दोलालघाट आएका थिए ।

प्रहरीले उनका साथी राजन प्रजापतिलाई उद्धृत गर्दै ऋण धेरै भएका कारण विनोद लामो समयदेखि तनावमा भएको प्रहरीले जनाएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share