शनिबार, मंसिर १८, २०७८

सुडानमा विद्रोहीद्वारा २५ सैनिकको हत्या

२२ जेष्ठ २०७३, शनिबार १८:०५

खार्तुम, २२ जेठ । दक्षिण सुडानको विद्रोही समूहले शुक्रबार दक्षिण कोर्दाेफान क्षेत्रमा विद्युतीय धरापमा पारी कम्तीमा पनि २५ जना सुरक्षाकर्मीको हत्या गरेका छन् ।

कार्दाेफको सडकमा उनीहरुले राखेको विद्युतीय धरापमा पारी सुडानका सैनिकको हत्या गरेका थिए । हत्यामा सो विद्रोही संगठनको हात रहेको जानकारी उक्त संगठनका प्रवक्ताले जनाएका छन् ।  उनले आफ्नो संगठनले थापेको विद्यूतीय धरापमा पारी २५ जना सरकारी सैनिक मारिएका र अरु कैयौं घाइते भएका जनाएका छन् ।  साथै उनले उक्त धरापमा पारी अत्याधुनिक दुई वटा सवारी साधन पनि क्षतिग्रस्त बनाएको जनाएका छन् । रासस/एपी

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share