बुधबार, माघ ५, २०७८

सीमा नाकाबाट तीन युवतीको उद्धार

२ असार २०७३, बिहीबार १०:०६

कञ्चनपुर, २ असार । आकर्षक रोजगारीको प्रलोभनमा पारेर भारततर्फ लैजान लागिएका तीन युवतीलाई पश्चिमी सीमा नाका गड्डाचौकीबाट माइती नेपाल कञ्चनपुरले प्रहरीको सहयोगमा उद्धार गरेको छ ।

काठमाडौँबाट नयाँ दिल्ली जाने बसमा सवार सिन्धुपलाञ्चोक र काभ्रेपलाञ्चोकका १८ देखि २२ वर्षका युवतीको उद्धार गरिएको हो । “युवतीहरुले सोधपुछका क्रममा नयाँ दिल्ली हुँदै इराक जान लागेको बताएपछि उद्धार गरेका छौँ”, माइती नेपालका कञ्चनपुर संयोजक महेश्वरी भट्टले भने । उद्धार गरिएका युवतीलाई माइती नेपालको संरक्षणमा राखिएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share