आइतवार, असार १९, २०७९

सीप सिकेर जाऔ बैदेशिक रोजगारीमा

२१ असार २०७३, मंगलवार १८:५७

13608317_1254207517930610_1894508192_nअस्ट्रेलिया, २१ असार ।
गैर आवासिय नेपालहरुको लगानी प्रर्वधनको कुरा चलिरहँदा अस्ट्रेलियाका एनआरएन अभियन्ताहरुले भने नेपालमा शैक्षिक विकासमा लगानीमा हात बढाएका छन् । एनआरएन अस्ट्रेलियाका पूर्व अध्यक्ष गणेश केसीको टोलीले अहिले काठमाडौँको मैतिदेबीमा प्यासिफीक हस्पीट्यालीटी तथा कुलिनरी एकेडेमीको स्थापना गरेका छन् ।
नेपालमै गुणस्तरिय बिदेशी शिक्षा प्रदान गरेर बैदेशिक श्रम बजारमा दक्ष कामदारको लक्ष्य बोकेको यस शैक्षिक संस्थायसै हप्तादेखि काठमाडौमा सन्चालनमा आएको छ । यस एकेडेमीको एक समारोह बिच नेपालका लागि अस्ट्रेलियन राजदुत ग्लेन ह्वाइटले उदघाटन गरेका थिए । कार्यक्रममा राजदुत ह्वाइटले हस्पीट्यालीटी र पर्यटन क्षेत्रमा अस्ट्रेलियामा रोजगारीको बाताबरण रहेकोले दक्ष जनशक्तीले यसमा अवसर प्रापत गर्ने बताए ।
कार्यक्रममा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले गुणस्तरिय शिक्षा अहिलेका आवश्यकता भएकोले यसतर्फ एकेडेमीले ध्यान दिनुपर्ने बताइन् । बिद्यालयकोहरुको संगठन प्याब्सनका अध्यक्ष लक्ष्य बहादुर केसीले बिदेशी गुणस्तरिय शिक्षा नेपालमै पढाइनु र यतैवाट दक्षता प्राप्त गरेर अवसरको खोजी गर्दा त्यसले प्रतिफल मिल्ने कुरा बताए ।
कार्यक्रममा एनआरएनका संरक्षक तथा पुर्व अध्यक्ष जिवा लामिछानेले बैदेशिक रोजगारीका लागि जाने हो भने हातचमा सिप लिएर गएमात्र सशि प्रतिफल पाइने बताए । लामछिानेले अगाडि भने, यहा सिकेर र जानेर गएको ज्ञानले बिदेशमा ठुलो अर्थ राख्ने गर्दछ ।
एकडेमीका अन्तराष्ट्र्रिय बजार ब्यवस्थापक गणेश केसीले दुइ दशक लामो अस्ट्रेलिा बसाइले आफुलाई सिकाएको अनुभव र ज्ञानलाई नेपालमा पनि बिस्तार गर्ने सोचका साथ एकेडेमीको स्थापना गरिएको बताए । केसीले अगाडि भने, नेपालमा अतिथी सत्कारमा अगाडि रहेको कारण पनि यस बिषयमा केहि गरौ भन्ने चाहनाअनुरुप यो एकेड्मी स्थापना गरिएको हो ।
एकेडेमीका प्रवन्ध निर्देशक शुसील थापाले अस्ट्रेलियाको सम्वन्धन प्राप्त यस एकेडमीले कोर्सपछि अस्ट्रेलियन सर्टिफीकेट प्रदान गर्ने बताए । एकेडेमीले तालिमपछि बिध्यार्थीहरुलाई रोजगारीको लागि पनि बैदेशिक रोजगारादातासम्म जोड्ने काम गर्ने कुरा थापाले बताए । एसएलसी वा सो भन्दा माथि उतिर्ण गरेको बिध्यार्थीले यो कोर्स लिन सक्ने छन् ।
कार्यक्रममा अस्ट्रेलियामा लामो समयदेखि ब्यापार ब्यवशायमा लाग्दै आएका प्रेम सापकोटाले नया पुस्ताका लागि यस्ता सिपमुलक शिक्षा अहिलेको आवश्यकता रहेको बताए ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share