आइतवार, अशोज ३१, २०७८

सिरियामा युद्धबिराम भए अमेरिका ‘जिम्मेवार’ हुनुपर्नेः रसियाली सेना

२ आश्विन २०७३, आईतवार ०८:००

मस्को (रसिया), २ असोज । सिरियामा भएका युद्धबिराम भङ्गका छिटफुट घटनामा अमेरिकाले आफ्नो भूमिकालाई बहन नगरेका कारण भएको भन्दै रसियाली सेनाले यदि सिरियाको युद्धबिराम भङ्ग भएमा यसको जिम्मेवारी अमेरिकाले लिनुपर्ने बताएको छ ।

“यदि अमेरिकी पक्षले सिरिया युद्धबिरामलाई निरन्तरता दिलाउन आफ्नो दायित्वलाई निर्वाह नगरी युद्धबिराम अन्त्य भएमा यसको सम्पूर्ण जिम्मेवारी अमेरिकाले लिनुपर्छ,” रसियाली सेनाका वरिष्ठ सैनिक जनरल भिक्टोर पोज्निरिवरले एक रसियाली टेलिभिजनमा भने ।

सिरियामा सन् २०११ देखि सुरु भएको द्वन्द्व अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घको पहल तथा रसियाको मध्यस्थतामा यसै हप्ता युद्धबिराम सुरु भएको हो । रासस/एएफपी

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share