सोमवार, असार १३, २०७९

सिटौलाका सम्बन्धमा शीर्ष तहमा छलफल गरिने

१२ असार २०७३, आईतवार १२:४७

काठमाडौँ, १२ असार । न्याय परिषद्को सदस्य पदमा प्रस्तावित रामप्रसाद सिटौलाको सुनुवाइको वैधानिकता सम्बन्धमा उत्पन्न विवाद प्रमुख दलका शीर्ष नेतासँग छलफल गरी समाधान गरिने भएको छ ।

व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिको अाइतबारको बैठकमा सिटौलाका सम्बन्धमा भएको छलफलपछि समिति सदस्यले आफ्ना दलका शीर्ष नेतासँग छलफल गरी टुङ्ग््याइने सहमति भएको हो । बैठकमा भएको सहमतिपछि अब शीर्ष नेताहरुले छलफल गरी समाधान गर्नुपर्ने समिति सभापति कुलबहादुर गुरुङले जानकारी दिए । समिति बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट २०७२ असोज १४ गतेको पत्रानुसार न्याय परिषद्को सदस्यमा प्रस्तावित सिटौलाको विद्यमान स्थितिका सम्बन्धमा छलफल भएको थियो ।

सभापति गुरुङले सिटौलाका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले फिर्ता गर्नुपर्ने कारण नभएको हुनाले त्यस सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको बताए । “यसअघि संसदीय समिति थिएन भन्ने कतिपय सदस्यको भनाइ थियो, तर मैले समिति छ, मात्रै त्यसका पदाधिकारी थिएनन् भनँे, समिति स्थायी हो” उनले भने । बैठकमा सिटौलाका सम्बन्धमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पठाएको पत्र र प्रधानमन्त्री ओलीले पठाएको पत्र दुवैका बारेमा गहन छलफल भएको जानकारी दिँदै उनले भने, “बैठकमा सदस्यहरुले प्रधानमन्त्री ओलीले सिटौलाका सम्बन्धमा गरेको काम ठीक थियो र अनावश्यक थियो भन्ने धारणा व्यक्त गरेका थिए ।” रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share