सोमवार, मंसिर २०, २०७८

सिकलसेलका दुई बिरामी भेटिए

३१ जेष्ठ २०७३, सोमबार ०९:१९

कञ्चनपुर, ३१ जेठ ।
समुदायमा मात्र देखा पर्ने सिकलसेलका दुई जना बिरामी कञ्चनपरको झलारीपिपलाडी नगरपालिकामा भेटिएका छन् । झलारी पिपलाडी नगरपालिका–३ का स्थानीय १९ वर्षीय रनु चौधरी र उनकी १७ वर्षीया बहिनी रमिता चौधरीलाई उक्त रोग लागेको परिवारजनले जनाएको छ । दाजु र बहिनी दुवै बिरामी भएपछि केही दिनअघि सेती अञ्चल अस्पताल धनगढीमा चेक जाँच गराउँदा उक्त रोग देखा परेको हो ।
धनगढीमा स्वास्थ्य परीक्षण गराउँदा सिकलसेल रोग भएको चिकित्सकले बताएको झलारीपिपलाडी आदिवासी जनजाति नगर समन्वय परिषद्का अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए । कञ्चनपुर, कैलालीमा सिकलसेलका बिरामी कति छन् भन्ने यकिन तथ्याङ्क छैन । यो रोग लागेपछि मानिसको शरीरमा रहेका हँसिया आकारका रक्तकोषिका छिटोछिटो नष्ट हुने चिकित्सक बताउँछन् । यसले फोक्सोको सङ्क्रमण, गर्भपतन, हाडसम्बन्धी रोग, पित्ताशयमा पत्थरी, फियो वृद्धिजस्ता समस्या देखिने चिकित्सकको भनाइ छ ।
सेती अञ्चल अस्पतालबाट हालसम्म ६८ जनाले निःशुल्क सेवा लिइरहेका अस्पतालले जनाएको छ । सरकारले सिकलसेल लागेका बिरामीलाई रु एक लाख बराबरको औषधि उपचारको व्यवस्था गरेको छ ।
रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share