शनिबार, मंसिर १८, २०७८

सिंहदरबारको भित्तामा रातो रंग छ्याप्पेका कारण थुनामा परेलाई भट्टराई भेटे

१७ जेष्ठ २०७३, सोमबार १८:४०

काठमाडौं, १७ जेठ ।
नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सिंहदरबारको भित्तामा रातो रंग छ्याप्पेका कारण महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा थुनामा राखिएका इशान अधिकारी र उनका अन्य पाँच जना समर्थकहरुसँग भेट गरेका छन् । भेटका क्रममा उनले भने– ‘यो युवा अवस्थामा क्रान्तिकारी स्पिरिट आउाछ नै तर संघर्ष गर्दा स्वास्थ्यको पनि ख्याल राख्नुपर्छ । शरीर रह्यो भने मात्रै संघर्ष गर्न सकिन्छ ।’
संयोजक भट्टराईले राज्यको ध्यान तान्नका लागि गरिएको काम स्पिरिटका हिसाबले ठीक भएको बताए । तर वर्तमान सरकारबाट माग पूरा भइहाल्ने अवस्था नरहेकाले संघर्षलाई फरक ढंगले जारी राख्न आग्रह गरे । वर्तमान राजनीतिक दल र राजनीतिक संस्कारबाट आमूल परिवर्तन सम्भव नभएको ठहर गरेर आफू पनि नयाँ राजनीतिक शक्ति निर्माणमा लागेको उल्लेख गर्दै उनले वैकल्पिक राजनीतिका लागि, राजनीतिको मूल सफा गर्नका लागि हुने सबै संघर्षहरुमा आफ्नो ऐक्यवद्धता हुने पनि बताए ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share