सोमवार, असार १३, २०७९

सिँचाइ आयोजना सम्पन्न

२६ असार २०७३, आईतवार १६:५२

तुलसीपुर (दाङ), २६ असोज । विश्व बैँकको रु १० करोड ६९ लाख तथा उपभोक्ताको रु ८५ लाख २५ हजार लागतको मानपुर गाविसस्थित लुहाडबरे सिँचाइ आयोजना सम्पन्न भएको छ ।

तीन वर्ष अगाडि सुरु भएको उक्त सिँचाइ आयोजना निर्माणपछि मानपुर– ९, डुरुवा– ३ र ४ तथा ढिकपुर– ५, ८ र ९ का एक हजार ६०० घरघुरी लाभान्वित भएका छन् ।

आयोजना निर्मापछि करिब ८०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नुका साथै त्यहाँका किसानलाई मौसमी तथा बेमौसमी तरकारी खेती गर्न सजिलो हुने उपभोक्ता समितिका अध्यक्ष नरबहादुर खड्काले बताए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share