सोमवार, मंसिर २०, २०७८

साहसिक खेल क्यानोनिङमा युवा आकर्षित

२३ जेष्ठ २०७३, आईतवार १२:४७

नुवाकोट, २३ जेठ ।

साहसिक पर्यटनका रुपमा विकास हुँदै गएको छाँगावरोहण (क्यानोनिङ) मा नेपालीको सहभागिता बढाउने उद्देश्यले आयोजित दुईदिने दोस्रो छाँगावरोहण महोत्सव सम्पन्न भएको छ ।

राजधानीबाट ३५ किमी उत्तरतर्फको नुवाकोट थानापति गाविसको झरनामा आयोजित सो महोत्सवमा विद्यार्थी, युवा र पर्यटनमा इच्छुक नेपालीको उल्ल्ेखनीय सहभागिता रहेको नेपाल क्यानोनिङ एसोसिएसनका अध्यक्ष राजेन्द्रबहादुर लामाले बताउनुभयो । “क्यानोनिङ शतप्रतिशत सुरक्षित तर साहसिक खेल हो भन्ने सन्देश नेपालीमाझ पु¥याउन महोत्सव गरिएको हो । महोत्सवमा युवा र विद्यार्थीको उल्लेखनीय सहभागिता रह्यो,” अध्यक्ष लामाले भन्नुभयो । सहभागीलाई ३०, १५ र ६० मि लामो झरनामा तीन खण्डमा तल झर्न सिकाइएको थियो ।
दक्ष क्यानोनिङ प्रशिक्षकले उनीहरुलाई सफलतापूर्वक छाँगावरोहणको प्राविधिक र व्यावहारिक ज्ञान दिएको प्रशिक्षक डवीन्द्र लामाले बताउनुभयो । “अधिकांश सहभागी पहिलो पटक क्यानोनिङमा सहभागी थिए, साहसिक खेलका रुपमा आन्तरिक पर्यटकमाझ यो लोकप्रिय हुँदै गएको छ,” एसोसिएसनका कोषाध्यक्ष क्षेत्रबहादुर बस्नेतले बताउनुभयो । संस्थाले नेपालका २० भन्दा बढी झरनामा व्यवस्थित अन्वेषण गरेर छाँगावरोहणको व्यवस्था मिलाएको छ । नेपालमा स्वदेशी तथा विदेशी गरेर वार्षिक तीन हजार जति छाँगारोहणमा जान्छन् ।
नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग, टे«किङ एजेन्ट एसोसिएसन नेपालको सहआयोजना तथा पर्यटनसँग सम्बन्धित संस्थाको सहयोगमा शुक्रबार र शनिबार आयोजित महोत्सवमा दुई सय सहभागी थिए । लमजुङ, सिन्धुपाल्चोक, नुवाकोट, कास्की, ओखलढुङ्गा र काठमाडौँ सहितका विभिन्न जिल्लाका झरना छाँगावरोहणका लागि बढी प्रचलित छन् ।
होटल व्यवस्थापनमा स्नातकोत्तर अध्ययनरत मुकेश शाहले पहिलो चोटि साहसिक खेलमा सहभागी हुन पाउँदा उत्सुकता र रोमाञ्चकता महसुस गर्न पाएको बताउँदै साहसिक पर्यटनका रुपमा यसको महत्व छ भने ।
सो झरनामा दशदिने क्यानोनिङ प्रशिक्षक प्रशिक्षण पनि जारी छ । त्यसमा दश जनाको सहभागिता छ । दक्ष प्रशिक्षक तयार गरी छाँगावरोहण जस्तो साहसिक खेलको व्यावसायिक विकास गर्न प्रशिक्षक उत्पादन तयार गर्ने उद्देश्य रहेको संस्थाका महासचिव राजेश लामा तामाङले बताए ।
जलयात्रा, पदयात्रा, पर्वतारोहरणसँगै नेपालमा पछिल्लो समयमा नयाँ पर्यटकीय गतिविधिका रुपमा डोरीको सहायतामा अग्ला पहराबाट खस्ने छहराको चिसो पानीमा खेलिने जोखिमपूर्ण तथा साहसिक खेलप्रतिको आकर्षण बढ्दो छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share