मङ्लबार, असार २१, २०७९

सारीमा राजेश

२६ असार २०७३, आईतवार ०८:०७

rajesh hamallआफ्नो फिल्म करिअरमै पहिलो पटक अभिनेता राजेश हमाल महिला अवतारमा देखिँदै छन् । फिल्म ‘शकुन्तला’मा निर्देशक दिनेश श्रेष्ठ उनलाई यस्तो भेषमा उतार्दै छन् ।

यति मात्रै होइन राजेशलाई महिलाकै भेषमा फिल्ममा नचाइदै छ । यही फिल्मका लागि आइतवार ललितपुरस्थित इमाडोलको एक ब्यांकेटमा राजेश महिला बनेर नाचे ।

एकनारायण भण्डारीको शब्द र संगीत रहेको फिल्मको तीज गीतमा उनलाई कोरियोग्राफर शंकर बिसीले नचाएका थिए । रातो सारी, छड्के तिलहरी, निधारमा रातो टिका, हातमा रातो चुरा, लामो कपालमा रातो धागो लगाएर उनी नाचेका थिए । बुझिएअनुसार उनलाई यसरी महिला बनाउन तीन घण्टा शृंगार गर्नु परेको थियो ।

‘सारी लगाउनु त सजा नै रहेछ, अझ सारी लगाएर नाच्न त झनै गाह्रो रहेछ,’ राजेशले प्रतिक्रिया दिएका छन् । राजेशलाई यस्तो भेषमा नचाउँदै आफूलाई कुनै अभिनेत्रीलाई नै नचाएजस्तो महसुस भएको कोरियोग्राफर बिसीले बताएका छन् । हमालले भने, ‘यसपालिको तीजमा शकुन्तला पनि नाच्दै छ (छिन) हा हा’ भनेर स्ट्याटस लेख्दै तस्बिर पोस्ट गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share