आइतवार, असार १९, २०७९

सामुदायिक भवन निर्माणका लागि देउसीभैलोबाट रु नौ लाख सङ्कलन

१८ कार्तिक २०७३, बिहीबार १४:११

बेनी (म्याग्दी), १८ कात्तिक । सामुदायिक भवनलाई सहयोग जुटाउन मराङ–३ कल्लेनीका बासिन्दाले सञ्चालन गरेको देउसीभैलोबाट रु नौ लाख २२ हजार ११७ सङ्कलन भएको छ ।

गाउँमा निर्माण हुन लागेको सामुदायिक भवनमा आर्थिक अभाव भएपछि काठमाडौँ र पोखरामा सञ्चालन गरिएको देउसीभैलोमा उक्त रकम सङ्कलन भएको हो ।

तीन दिनसम्म काठमाडौँका विभिन्न स्थानमा खेलिएको देउसीबाट रु छ लाख ६३ हजार २६२ र पोखराबाट रु दुई लाख ५८ हजार ८५५ सङ्कलन भएको वडा नागरिक मञ्चका संयोजक एवम् पञ्चेबाजा संरक्षक खगिन पुनले बताए ।

मराङबाट विदेशमा गएका युवाले आर्थिक सहयोग गरे पनि गाउँमा हुने सभासम्मेलन, गोष्ठीसहित पूजाआजा, विवाहसहित व्यक्तिगत कार्यक्रमलाई समेत सहजै सञ्चालन गर्न मिल्ने गरी सामुदायिक भवनमा रकम अभाव भएपछि देउसीभैलो खेलिएको देउसीभैलो कार्यक्रमका संयोजक योगेन्द्र घर्तीले बताए ।

भैलो कार्यक्रममा काठमाडौँमा एन्जल हट उच्च मावि, बासुकीनाक टोल सुधार समिति, उपकार आमा समूहले साम्ूहिक आर्थिक सहयोग गरेका थिए । नौमती बाजासहित भैलो खेल्न गएका मराङवासीलाई काठमाडाँै र पोखरामा रहेका म्याग्देलीसहित विभिन्न जिल्लाबाट आएकाले समेत सहयोग गरेका थिए ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share