मङ्लबार, असार २१, २०७९

सात सय कृषकलाई अनुदान वितरण

६ असार २०७३, सोमबार ०७:०८

पथरी (मोरङ), ६ असार । जिल्ला कृषि विकास कार्यालय मोरङले धान उत्पादन कार्यक्रमअन्तर्गत अनुदानबापतको रकम वितरण गर्न सुरु गरेको छ ।

एसआरआइ प्रविधिबाट चैते धान लगाउने ७३१ जना कृषकलाई कार्यालयले अनुदानबापतको रकम वितरण गरेको जिल्ला कृषि विकास कार्यालय मोरङले जनाएको छ ।

एसआरआइ प्रविधिबाट चैते धान लगाउने किसानलाई प्रतिहेक्टर रु पाँच हजार नगद प्रदान गरिएको कृषि विकास कार्यालय मोरङका प्रमुख राजेन्द्र उप्रेतीले जानकारी दिए ।

त्यसैगरी यसअघि बीउमा ५० प्रतिशत अनुदान, धान गोड्ने मेसिन र अनुदानमा ४० जनालाई पावर ट्रेलर उपलब्ध गराई सकिएको कार्यालय प्रमुख उप्रेतीको भनाइ छ ।

सो कार्यालयले मोरङको बेलबारी, मधुमल्ला, उर्लाबारी, पथरी शनिश्चरे, इटहरा, राजघाट, डाँगीहाटलगायतका क्षेत्रका कृषकलाई अनुदानबापत रकम वितरण गरेको हो । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share